२०८१ कार्तिक १, बिहिवार , ०२:३१:५२ बजे

Sajhamanch
'

विद्यार्थीसँग मेयर कार्यक्रमः नगरप्रमुखलाई बालबालिकाका गहकिला प्रश्न

बिहिवार, जेठ २४, २०८१

शिवसताक्षी । झापा शिवसताक्षी ७ स्थित बाल सेवा आधारभूत विद्यालया विद्यार्थीहरुले नगर प्रमुखलाई गहकिला प्रश्न सोधेका छन् । विद्यार्थी सँग मेयर तथा सीप मुलक व्यवहारिक शिक्षा प्रवद्र्धन कार्यक्रममा बालसेवा आधारभूत विद्यालयका विद्यार्थीहरुले दर्विला र गहकिला प्रश्न सोधेका हुन् ।

नगरप्रमुखसँग विद्यालय मै आफ्ना गुसानाहरु राख्न पाउँदा विद्यार्थीहरुले खुसी समेत व्यक्त गरेका छन् । विद्यार्थीहरुले नगरप्रमुखसँग आफ्ना गाउँका धेरै मानिसहरुले छोरालाई बोर्डिङ्ग स्कुल र छोरीलाई सरकारी विद्यालय पढाउने गरेका छन् यस्ता विभेदलाई हटाउँन तपाईले के गर्नु हुन्छ भनेर प्रश्न गरे ।

त्यस्तै विद्यार्थीेले यस विद्यालय पढ्ने विद्यार्थीका आमा बुबा नभएको उनीहरुलाई पढ्नको लागि आर्थिक समस्या परेको हुँदा यस बारेमा तपाईले के गर्नु हुन्छ भनेर प्रश्न गरेका छन् । बालसेवा आधारभूत विद्यालयकी कक्षा ६ मा अध्ययरत छात्राले आफ्नी आमा विदेशमा भएको र बुबाले आफुलाई छोडेर गएपछि आफु अहिले मामा घरमा बस्दै आएकी बताइकी छिन् ।उनले अब आफ्नो जन्म दर्ता बनाउन नगरप्रमुख के गर्नु हुन्छ भनेर प्रश्न गरेकी छिन् ।

एक विद्यार्थीले बालबालिकाहरुलाई जात लिङ्गका आधारमा छात्रबृत्ती दिइने गरेको तर गरीब र अरु जातिलाई छात्रबृत्ती दिन मिल्दैन यस्तो विभेदकारी हटाउन तपाईले के भूमिका खेल्नु हुन्छ । सोही विद्यालय अध्ययरत छात्रले महिला शिक्षिकाहरु सुत्केरी भएको बेला लामो समय विदा बस्दा  र लामोसमय पढाई नहुने समस्या रहेको छ । यसालई कसरी हटाउनु हुन्छ भनेर प्रश्न गरेका थिए । विद्यार्थीहरुले विद्यालय भवन, संगीत शिक्षक, सेनेटरी प्याडलगायतका विषयमा नगरप्रमुखसँग प्रश्न गरेका छन् ।

त्यस्तै नगरप्रमुख मेगाहाङ्ग थोप्राले  विद्यार्थीहरुले राखेका प्रश्न वा जिज्ञासाको समाधान गरिदिएका छन् । उनले प्रश्नको जवाफ दिदै अहिले पनि समाजमा संस्थागत विद्यालय र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने अभिभावकलाई सम्झाउने र छोरा छोरीलाई विभेद नगर्न आग्रह गर्ने बताए । त्यस्तै उनले बालबालिकाहरुको प्रश्नको जवाफ दिदै जन्म दर्ताको विषयमा त्यसको कानुनी प्रावाधान बुझेर सहजीकरण गरिदिने बताए ।
त्यस्तै उनले राज्यले पछाडी परेका जातजातिहरुलाई छात्रृत्ती प्रदान गर्ने प्रावधान राखे पनि अन्य समुदायका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि छात्र बृत्तीको प्रावधान रहेको जानकारी दिए । शिक्षिका सुत्केरी विदा बस्दा पठन पाठन नहुने प्रश्नको जवाफ दिदै आगामी आर्थिक वर्षदेखि वैकल्पिक शिक्षकको व्यवस्था गर्ने बताए ।

नगरप्रमुख थोप्राले मेयरसँग बालबालिका कार्यक्रमले विद्यार्थीहरुको गुनासहरु नजिकबाट बुझ्न पाएको बताए । बालबालिकाहरु साना भएपनि गहकिला प्रश्न उठान गरेको उनको भनाई थियो । विद्यार्थीहरुको पढाईमा संवेदनशिल रहँदै आगामी वर्षका लागि नगरपालिका कार्ययोजन बनाउँदा विद्यार्थीहरुको गुनासाहरु सम्बोधन हुने गरी काम गर्ने नगरप्रमुख थोप्राले जानकारी दिए ।

त्यस्तै कार्यक्रमका बालसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेरका काम गर्दै आएको बताए । नगरपालिकाले यस बालसेवा आधारभूत विद्यालयलाई स्मार्ट विद्यालयको रुपमा बिकास गर्न सुरु गरेकोले नगर अन्य विद्यालयहरुलाई पनि प्राथमिकताको आधारमा सुधार गर्दैै लैजानु पर्नै उनको भनाई थियो ।

त्यस्तै नगरपालिका शिक्षा शाखाका प्राविधिक सरोज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा युवा केन्द्र नेपालको प्राविधिक सहयोग गरेको थियो । कार्यक्रमको सञ्चालन सन्तोष खत्रीले गरेका थिए ।

सम्बन्धित खबर