२०८२ साउन २, शुक्रवार , १०:००:४० बजे

Sajhamanch
'

भारतको राजगढमा ट्र्याक्टर दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

सोमवार, जेठ २१, २०८१

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यको राजगढमा गए राति भएको ट्र्याक्टर दुर्घटनामा १३ जनाको ज्यान गएको छ । मृतक १३ जना सबै राजस्थानको झालवार जिल्लाका बासिन्दा भएका बीबीसी हिन्दीले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको ट्र्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ । ट्र्याक्टरमा जन्ती गइरहेका खबरमा उल्लेख छ । दुर्घटनामा ट्र्याक्टरको ट्रलीमा सवार १३ जनाको ज्यान गएको हो ।

दुर्घटनामा घाइते ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेको जिल्ला अस्पताल राजगढ र केहीको भोपालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर