२०८१ साउन ११, शुक्रवार , ०९:०२:४४ बजे

Sajhamanch
'

कर्णालीका सञ्चालकलाई क्षमता अभिबृद्धि तालिम

आइतवार, जेठ २०, २०८१

बिर्तामोड । झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित सञ्चालक समितिका सदस्य तथा लेखा सुपरीवेक्षण समितिका सदस्यहरुलाई क्षमता अभिवृद्धि सम्वन्धी तालिम दिइएको छ ।

बिर्तामोडमा सम्पन्न तालिममा कोशी प्रदेश सहकारी रजिष्टार कार्यालयका सहकारी रजिष्टार हरिवहादुर खत्री र अधिकृत मोहनराज भट्टराईले प्रशिक्षण दिएका थिए । अध्यक्ष टसवहादुर श्रेष्ठको अध्यक्षतामा भएको तालिममा सञ्चालक समितिको काम कर्तव्य र अधिकार, पल्स विश्लेषण, सहकारीको विषयमा जानकारी दिइएको थियो । तालिममा सहकारीका सचिव भूपाल बस्नेत, कोषाध्यक्ष एकराज विष्ट सहित १२ जना सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका तीन जना सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर