२०८१ पौष २, मङ्गलवार , ०६:३४:०५ बजे

Sajhamanch
'

हलमा लागे दुई भारतीय फिल्म

शनिवार, जेठ १९, २०८१

काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ भारतीय फिल्म रिलिज भएका छन् । राजकुमार राव र जान्ह्वी कपुर स्टारर ‘मिस्टर एन्ड मिसेस माही’ र ‘छोटा भीम’ प्रदर्शनमा आएका छन् ।

‘मिस्टर एण्ड मिसेस माही’ एक दम्पतीको कथा हो । श्रीमान महेन्द्र एक असफल क्रिकेटर र महिमा एक डाक्टर हुन् । एरेन्ज म्यारिजपछि यी दुई एक भएका छन् । उपनाम एउटै भएपछि दुवैलाई मिस्टर र मिसेस माही सम्बोधनले बोलाइन्छ ।उनीहरूले एकअर्कामा क्रिकेटप्रतिको साझा प्रेम र लगाव पत्ता लगाउँछन् । अन्ततः महेन्द्रले आफ्नी पत्नीमा क्रिकेटको प्रतिभा पत्ता लगाउँछन् र उनको क्रिकेटर बन्ने सपनालाई पछ्याउन प्रोत्साहन दिन्छन् । यो यात्रामा उनलाई प्रशिक्षक बनाउँछन् ।

शरण शर्मा निर्देशित यो ड्रामा फिल्मको रनटाइम १३९ मिनेट छ ।शुक्रबारै रिलिज भएको अर्को फिल्म ‘छोटा भीम’ एक एक्सन, एड्भेन्चर र कमेडी फिल्म हो । अनुपम खेर, सञ्जय बिस्नोई र मार्कण्ड देशपाण्डे अभिनित फिल्मले दाम्यानको कालो जादुलाई नष्ट गर्न भीम र उसको साथीले संघर्ष गर्नुपर्ने कथा भन्छ । यसको रनटाइम १४५ मिनेट छ ।

सम्बन्धित खबर