२०८१ पौष १२, शुक्रवार , ११:३०:४५ बजे

Sajhamanch
'

पाँच प्रदेशमा आज सामान्यदेखि मध्यम वर्षा

शुक्रवार, जेठ १८, २०८१

काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनााएको छ।महाशाखाका अनुसार नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव छ।

सम्बन्धित खबर

यस्तो छ आजको मौसम
बिहिवार, पौष ११, २०८१
आजको मौसम
बुधवार, पौष १०, २०८१