२०८१ साउन १२, शनिवार , ०७:१४:०१ बजे

Sajhamanch
'

इस्ट होराइजनकी अभिषा ‘प्रादेशिक विद्यार्थी ललितकला पुरस्कार’ बाट पुरस्कृत

बुधवार, जेठ १६, २०८१

मेचीनगर । धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी आवाशिय माविकी छात्रा अभिषा घिमिरेले ‘प्रादेशिक विद्यार्थी ललितकला पुरस्कार’ पाएकी छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा सहभागी उनी सो पुरस्कारबाट पुरस्कृत भएकी हुन् ।

कोशी प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ मा भाग लिने विद्यार्थीहरूमध्येबाट घिमिरे पुरस्कृत भएकी प्रिन्सिपल सञ्जीव राईले बताए ।

इस्ट होराइजनको कक्षा १२ मा ललितकला विषयकी विद्यार्थी अभिषालाई जेठ १५ गते काठमाडौंमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।

उनलाई प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, उपकुलपति लालकाजी लामा, कुलपति नारदमणि हार्तम्छाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पुरस्कार प्रदान गरेका थिए ।

सम्बन्धित खबर