२०८२ जेठ १८, आइतवार , ०२:०६:२३ बजे

Sajhamanch
'

कोशीका मुख्यमन्त्रीविरुद्ध केदार कार्कीले हालेको रिटको पेशी आज

बुधवार, जेठ १६, २०८१

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी बुधबार छ।प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते आफूलाई पदमुक्त गर्दै हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन्।

मुख्यमन्त्री केदार कार्कीलाई पदबाट हटाउँदै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।रिटमा केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गरेका छन्।