२०८१ साउन १२, शनिवार , ०६:४४:२६ बजे

Sajhamanch
'

सरकारले ल्यायो ५ खर्ब ४७ अर्ब घाटाको बजेट

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै साढे ५ खर्ब रुपैयाँ बराबरको घाटाको बजेट ल्याएको छ ।

चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले ठूलो आकारको बजेट ल्याएको सरकारले ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँको घाटाको बजेट ल्याएको हो । आगामी आर्थिक वर्षका लागि सरकारले कूल १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको जनाएको छ ।

विनियोजन बजेटमध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ९६१.३१ प्रतिशत, पुँजिगततर्फ ३ खर्ब ५२ अर्ब ९१८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड ९१९.७४ प्रतिशत विनियोजन गरेको छ ।

तर यता खर्च व्यहोर्ने स्रोतका रूपमा सरकारले आगामी आर्थिक वर्ष राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ व्यहोर्ने र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ व्यवस्था गरिने बताएको छ ।

यसोगर्दा अपुग हुने ५ खर्ब ४७ अर्ब ६७ करोडमध्ये वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ व्यहोर्ने र आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाइने सरकारले जनाएको छ ।