२०८१ साउन ११, शुक्रवार , ०६:३४:२५ बजे

Sajhamanch
'

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम भने घट्यो

सोमवार, जेठ १४, २०८१

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल तथा पर्यटन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन तथा प्रशोधन, जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

बजार बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो झन्डै साढे चार अर्ब रुपैयाँको कारोबार भएकोमा आज ९३ लाख ३० हजार कित्ता शेयर तीन अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २० करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

सम्बन्धित खबर