२०८१ साउन १२, शनिवार , ०५:३२:२२ बजे

Sajhamanch
'

काठमाडौँमा आगोले जलेर युवक मृत्यु

सोमवार, जेठ १४, २०८१

काठमाडौँ । राजधानी काठमाडौँमा भएको आगलागीमा परेर एक जना युवकको मृत्यु भएको छ । टोखा नगरपालिका-१० बानियाँटार हाईटस्थित ३५ वर्षीय खेम नारायण चालिसेको घरमा भाडामा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-२ घर भएका २१ वर्षीय किरण बुढाथोकीको आगलागीमा जलेर मृत्यु भएको हो ।

किरणको कोठामा गएराति आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको धनमा क्षति भएको छ । आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर