२०८१ माघ १३, आइतवार , ०३:०३:४८ बजे

Sajhamanch
'

भारतमा मानव दूध विक्रीमा प्रतिबन्ध

आइतवार, जेठ १३, २०८१

नयाँ दिल्ली । भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले मानव दूधको प्रोसेसिङ र विक्रीको अनुमति दिन अस्वीकार गरेको छ ।

मानव दूध र यसको उत्पादनको व्यवसायीकरणसम्बन्धी सबै गतिविधि रोकिने बताइएको छ । मे २४ मा विभागले मानव दूध र यसको उत्पादनको अनधिकृत व्यवसायीकरणमाथि सुझाव भन्दै एउटा एड्भाइजरी नै जारी गरेको थियो ।

‘एफएसएसएआइ ऐन, २००६ र यसअन्तर्गत बनाएका नियम र विनियमअनुसार मानव दूधको प्रशोधन र बिक्रीको अनुमति दिइएको छैन,’ सो एड्भाइजरीमा भनिएको छ ।

मानव दूध र यसका उत्पादनहरूको व्यापारीकरणसँग सम्बन्धित सबै गतिविधिहरुलाई तुरुन्तै बन्द गर्न सल्लाह दिइएको र यसको उल्लंघन गरेमा कारबाही गरिने बताइएको छ ।

सम्बन्धित खबर