२०८२ जेठ ११, शनिवार , ०७:३९:०६ बजे

Sajhamanch
'

एमाले बिर्तामोडको दोस्रो अधिवेशन सुरू

आइतवार, जेठ १३, २०८१

बितामोड । नेकपा (एमाले) बिर्तामोड नगरकमिटी को दोस्रो नगर अधिवेशन उद्घाटन गरिएको छ ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पानसमा दिप प्रज्वलन गरी अधिवेशन उद्घाटन गरेका हुन्।

बिर्तामोडको सिटी सेन्टरमा भइरहेको दोस्रो नगर अधिवेशन नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भइरहेको छ। नगरकमिटी सचिव शेखर कडेलले सञ्चालन गरेको अधिवेशन समारोहमा उपस्थित अतिथिहरुलाई उपाध्यक्ष पुष्पा दाहालले गरेकी छन्।

अधिवेशन उद्घाटनको अवसरमा चारपाने गरामनी र अनारमनी गाउँ कमिटी का पूर्व प्रमुखहरु लाई सम्मान गर्ने कार्यक्रम रहेको नगर कमिटी अध्यक्ष भट्टराइले बताए ।

सम्बन्धित खबर