२०८१ माघ १६, बुधवार , ०४:५१:४८ बजे

Sajhamanch
'

दिल्लीको बाल अस्पतालमा आगलागी, कम्तीमा ६ नवजात शिशुको ज्यान गयो

आइतवार, जेठ १३, २०८१

नयाँ दिल्ली । भारतको दिल्लीमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जना नवजात शिशुको ज्यान गएको छ । आगलागीमा अरू केही घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

गए राति ११ः३० बजे भएको आगलागीमा घाइते भएका १२ जनाको उद्धार गरेकामा छ जनाको उपचारका क्रममा ज्यान गएको र छ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

आगलागीका कारण अस्पताल नजिकैको भवनमा पनि क्षति पुगेको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर