२०८१ माघ १२, शनिवार , ०३:२०:१२ बजे

Sajhamanch
'

एनएमसीमा समग्र ब्यवसायको कारोबार समीक्षाः सबै सूचकहरु लक्ष्य नजिक

आइतवार, जेठ १३, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा चालू आर्थिक वर्षमा वितेको १० महिनाको कारोबारको समग्र समीक्षा गरिएको छ ।

सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा शनिबार बिर्तामोडमा भएको समग्र संस्थाको वार्षिक कारोबार समीक्षा बैठकमा चालु आवमा भएको कारोबारको सुक्ष्म ढंगले समीक्षा गरिएको हो ।

सो कार्यक्रममा संस्थाका पाँचवटै व्यवसाय एवम् सामाजिक सरोकार विभागका प्रमुखहरुले व्यवसायगत तथा विषयगत प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बचत तथा ऋण व्यवसाय प्रमुख मनिष कोइराला, डेरी उद्योग व्यवसाय प्रमुख नवराज अधिकारी, एग्रो फार्म व्यवसाय प्रमुख भूपाल गौतम, सहकारी पसल व्यवसाय प्रमुख बासुदेव खतिवडा र चिया व्यवसाय सम्बन्धी प्रतिवेदन इलाम क्षेत्र प्रमुख अरुणकुमार प्रधानले अवगत गराएका थिए । उक्त प्रतिवेदनहरुमा व्यवसायको वार्षिक लक्ष्य, १० महिनाको प्रगति एवम् लक्ष्य प्राप्ती हुने नहुने अवस्थाका बारेमा सुक्ष्म विश्लेषण गरिएको छ । आफ्नो प्रस्तुतिमा सबैजसो व्यवसायका प्रमुखहरुले वार्षिक कारोबार लक्ष्यको नजिक रहेको बताएका थिए ।

त्यस्तै, लेखा तथा वित्त विभाग प्रमुख सूर्यप्रसाद भट्टराईले संस्थाको समग्र वित्तीय अवस्थाका बारेमा तथा सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले बितेको १० महिनाको अवधिमा भए गरेका सामाजिक गतिविधिका बारेमा जानकारी गराएका थिए ।

व्यवसायगत र विषयगत उपसमितिको प्रस्तुति पछि बैठकमा विभिन्न समूहमा समूहगत छलफल भई समूहका नेतृत्वकर्ताले आफ्नो सुझाव एवम् टिप्पणी राखेका थिए ।

कार्यक्रममा संस्था सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिबाट पदाधिकारी एवम् सदस्यहरु, व्यवसायगत र विषयगत उपसमितिका संयोजक तथा सदस्यहरु तथा संस्थाका अधिकृत कर्मचारीहरुको सहभागिता थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी, निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती, लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहाल तथा प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले विशेष मन्तब्यसहित संस्थाको आगामी रणनीतिहरुबारे सहजीकरण गरेका थिए ।

संस्थाका वरिष्ठ प्रबन्धक चेतन शर्मा (पौडेल)ले सञ्चालन गरेको उक्त बैठकमा सहभागीहरुलाई संस्थाका उपाध्यक्ष विष्णु गौतमले शाब्दिक स्वागत गरेका थिए ।