२०८१ पौष २५, बिहिवार , ०५:५८:४६ बजे

Sajhamanch
'

शर्तसहित युद्ध अन्त्य गर्न राजी पुटिन भन्छन्, ‘खार्किभ कब्जा गर्ने योजना छैन’

शनिवार, जेठ १२, २०८१

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त अघि सारेका छन् ।

समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको अर्थ रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरू अब उसको हिस्सा नै रहन्छन् ।

पुटिन युद्ध रोक्न तयार छन् भन्ने रिपोर्टहरू धेरै महिनादेखि चलिरहेको छ, तर यो रिपोर्ट यस्तो समयमा आएको छ, जब मस्कोले उत्तर–पूर्वी युक्रेनको खार्किभ क्षेत्र विरुद्ध नयाँ आक्रमण शुरु गरेको छ ।

सम्बन्धित खबर