२०८१ माघ १६, बुधवार , ०२:४२:०५ बजे

Sajhamanch
'

सिङ्गापुर एअरलाइन्स ‘टर्ब्युलेन्स’ : २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट, आईसीयूमा उपचार चल्दै

शुक्रवार, जेठ ११, २०८१

झापा । सिङ्गापुर एअरलाइन्सको उडानमा ‘टर्ब्युलेन्स’ अर्थात् हावामा अचानक हुने हलचलका कारण २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट लागेको पाइएको छ ।

थाइल्यान्डको बैंककमा रहेको समितिभेज श्रीनकरिन अस्पतालका प्रमुख अदिनुन कित्तिरतानापाइबूलले अहिले ती २० जना यात्रुको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको बताउनुभएको बीबीसीले जनाएको छ । अस्पतालमा भर्ना हुनेमा एक जना दुई वर्षका बालक पनि रहेका छन् ।विमानमा रहेका ४६ यात्रुसहित चालक दलका दुई सदस्यको अहिले पनि उपचार चलिरहेको खबरमा उल्लेख छ ।

गएको मङ्गलवार बेलायतको लन्डनबाट सिङ्गापुरका लागि उडेको एउटा विमानमा ‘टर्ब्युलेन्स’ उत्पन्न हुँदा एक जना यात्रुको ज्यान गएको थियो भने केही व्यक्ति घाइते भएका थिए । ‘टर्ब्युलेन्स’ का कारण त्यो विमान आकाशमा अकस्मात् निकै तल पुग्दा विमानभित्र यात्रु र सामानहरू उछिट्टिएका थिए । त्यसपछि विमानले बैंककमा आकस्मिक अवतरण गरेको थियो ।

सम्बन्धित खबर