२०८१ साउन ११, शुक्रवार , ०८:३३:५० बजे

Sajhamanch
'

गर्भवती कट्रिना, ‘बेबी बम्प’सहित देखिइन् लण्डनको सडकमा

बिहिवार, जेठ १०, २०८१

बलिउड जोडी कट्रिना कैफ र विक्की कौशल लण्डनको सडकमा हिंडेको भिडियो इन्टरनेटमा भाइरल बनेको छ । भिडियो अनलाइनमा पोस्ट भएसँगै यो दम्पती पहिलो सन्तानको पर्खाइमा रहेको कुराले सामाजिक सञ्जाल गर्माएको छ ।

भिडियोमा कट्रिनाले ब्यागी लुगा लगाएर हिंडेको देखिएको छ । जुमको एक रिपोर्टले अभिनेत्री वास्तवमै गर्भवती भएको दाबी गरेको छ । रिपोर्टका अनुसार सबैकुरा ठीकठाक भए कट्रिना र विक्कीले पहिलो बच्चालाई बेलायतमा स्वागत गर्नेछन् । कट्रिना स्वयं पनि बेलायती नागरिक हुन् ।गत फेब्रुअरीमा अनुष्का शर्माले पनि दोस्रो बच्चा अकायलाई लण्डनमा जन्म दिएकी थिइन् । जुमका अनुसार बेलायतमा हुर्केकी कट्रिनाले आफ्नो बच्चालाई उतै जन्म दिनेछिन् ।

‘कट्रिनाले बच्चालाई लण्डनमा नै जन्म दिनेछिन् । विक्की पनि त्यहीं छन्,’ स्रोतलाई उध्दृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।लण्डनमा छुट्टी मनाउने क्रममा कट्रिनाले पति विक्की कौशलको हातमा हात मिलाएर हिंडेको भिडियो भाइरल भएको छ । भिडियोमा उनको बेबी बम्प देखिन्छ ।लण्डनबाट प्राप्त उक्त भिडियोले गर्भावस्थाको हल्लालाई मद्दत गरेको छ । केहीले कट्रिनाले सेप्टेम्बर २०२४ मा बच्चालाई जन्म दिन लागेको बताएका छन् । केहीले सेप्टेम्बर २०२४ मा आमा बन्न लागेकी दीपिका पादुकोणको भन्दा कट्रिनाको बेबी बम्प ठूलो देखिएको उल्लेख गरेका छन् ।

सम्बन्धित खबर