२०८१ पौष १३, शनिवार , १०:०९:४६ बजे

Sajhamanch
'

वाग्मतीसहित तीनवटा प्रदेशमा वर्षा

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । कर्णाली, सुदूरपश्चिम, कोसी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सम्बन्धित खबर