काठमाडौं । सभामुख देवराज घिमिरेले शनिवार दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।
सदनमा देखिएको अवरोध खुलाउने विषयमा छलफलका लागि शीर्ष नेताहरुलाई उनले आफ्नै निवासमा बोलाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाइएको हो ।
कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।
कांग्रेसकै अवरोधका कारण बिहीवारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रवारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।