२०८१ पौष २५, बिहिवार , ०८:४७:४४ बजे

Sajhamanch
'

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

शुक्रवार, जेठ ४, २०८१

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रवार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शुक्रवारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए ।

विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाँचकर्ण राईले पाएका हुन् ।

त्यस्तै, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नारायण बुर्जामगरले पाएका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री आफैँले राखेका छन् ।

राज्यमन्त्री सिर्जना राई र बन्दना झाँगडले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई मुख्यमन्त्री कार्यालय र झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्रीमण्डल विस्तारसँगै कार्की नेतृत्वको सरकार १० सदस्यीय पुगेको छ ।

सम्बन्धित खबर