झापा । भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । अरु धेरै मानिस घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । हिजो चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये तीन नाबालक, दुई जना युवा र अरु ज्येष्ठ नागरिक रहेका बीबीसीले जनाएको छ ।
पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने खबरमा उल्लेख छ । जिल्ला प्रशासनले पनि घाइतेको उपचार र ज्यान गुमाएकाको परिवारलाई निरन्तर सहयोग गरिरहेको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले यस घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत माल्दामा चट्याङबाट ज्यान गुमाएकाका परिवारप्रति समवेदना रहेको भन्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।