२०८१ फागुन ९, शुक्रवार , १०:५३:३९ बजे

Sajhamanch
'

मदन-आश्रित स्मृति दिवस : नेकपा (एमाले) झापाद्वारा आयोजित कार्यक्रममा १२४ जनाले गरे रक्तदान

बिहिवार, जेठ ३, २०८१

कमल । मदन-आश्रित स्मृति दिवसको दिन आज अवसरमा नेकपा एमाले झापाले गरेको रक्तदान कार्यक्रममा १२४ जनाले रक्तदान गरेका छन् ।

कमल गाउँपालिका वडा नं. ५ स्थित पाँडाजुँगीमा भएको रक्तदान कार्यक्रमको व्यवस्थापन एमाले कमल गाउँ कमिटीले गरेको थियो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले गरेको हो ।

रक्तदानमा कार्यक्रममा १३ जना महिला र १११ जना पुरुष गरी १२४ जनाले रगतदान गरेको आयोजकको भनाई छ । कार्यक्रम नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको थियो । नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गतेका दिन विभिन्न कार्यक्रम गरेर मदन आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । सोही क्रममा झापा पार्टीको आयोजनामा आज रक्तदान कार्यक्रम गरेको कमल गाउँ कमिटी अध्यक्ष हरि ढकालले बताए ।

सो कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईसहित केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीका नेताहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर