२०८१ साउन १२, शनिवार , ०५:०१:४० बजे

Sajhamanch
'

सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सक्षम बनाउन यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो ।

बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचविखन तथा बलात्कार, छुवाछुत, लागुपदार्थ दुर्व्यसनी, छाउपडी, तिलकजस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै बोक्सी, दाइईजो प्रथालगायतक कुरीति अन्त्य गरिने उल्लेख छ ।

राष्ट्रपति पौडेलले महिलामाथि हुने जघन्य अपराध नियन्त्रणका लागि पनि सामाजिक जागरण अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

सम्बन्धित खबर