२०८१ साउन १२, शनिवार , ०५:२४:५१ बजे

Sajhamanch
'

शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गर्ने सरकारको घोषणा

मङ्गलवार, जेठ १, २०८१

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिक रूपमा भुक्तानी गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताए । शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् ।

शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति पौडेलले बताए ।

सम्बन्धित खबर