२०८१ पौष २६, शुक्रवार , ०२:५३:४९ बजे

Sajhamanch
'

कोशी प्रदेश सरकारलाई एकीकृत समाजवादीले विश्वासको मत दिने

सोमवार, वैशाख ३१, २०८१

विराटनगर । केन्द्रीय सता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले पनि कोशी प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ । केन्द्रीय नेताहरूको निर्देशनपछि नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई विश्वासको मत दिन तयार भएका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी छ । ११ बजेका लागि संसद् बैठक बोलाए पनि कांग्रेस संसदीय दलको बैठक नबस्दा बैठक सर्ने संसद सचिवालयले जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिलाउने प्रतिबद्धता भएको नेकपा एसका नेताहरूले बताएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले समेत नेता राजेन्द्र राईलाई विश्वासको मत दिन आग्रह गरेका थिए । काठमाडौँमा रहेका एकीकृत समाजवादीका सांसदहरू विराटनगर आउने तयारीमा रहेको नेताहरूले बताएका छन्। एकीकृत समाजवादीका ४ सांसद छन् ।

‘म बाहेकका माननीय ज्युहरूले विश्वासको मत दिनुहुन्छ,’ नेता राईले भने, ‘एक जना माननीय ज्यु विराटनगर पुग्नुभएको छ । अन्य एकजना पनि जाने तयारीमा हुनुहुन्छ मेरो केन्द्रमा बैठक भएका कारण जान पाइन ।’

सम्बन्धित खबर