२०८१ पौष २५, बिहिवार , ०९:५२:३५ बजे

Sajhamanch
'

मुनरोले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

शुक्रवार, वैशाख २८, २०८१

काठमाडौं । न्युजिल्यान्डका क्रिकेटर कोलिन मुनरोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टोलीमा नपरेपछि मुनरोले सन्न्यासको घोषणा गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।

मुनरोले सन् २०२० यता न्युजिल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि टी–२० विश्वकपका लागि आफू तयार रहेको बताएका थिए । न्युजिल्यान्ड क्रिकेट टिमका प्रशिक्षक ग्रे स्टेडले टी–२० विश्वकपका लागि टोली घोषणाको समय मुनरोको बारेमा चर्चा गरेको तर अनुभवी बाया हाते ब्याटरका लागि टोलीमा कुनै ठाउँ नभएको बताएका खबरमा उल्लेख छ ।

३७ वर्षीय कोलिन मुनरोले न्युजिल्यान्डबाट ५७ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै दुई हजार नौ सय ९५ रन बनाएका छन् । उनले टी–२० क्रिकेटमा तीन शतक र ११ अर्धशतक तथा एकदिवसीय क्रिकेटमा आठ शतक बनाएका छन् ।

मुनरोले अन्तर्राष्ट्रिय क्रिकेटबा सन्न्यास लिए पनि फ्रेन्चाइजी क्रिकेट भने खेल्नेछन् । मुनरोले ब्ल्याक क्याप्सका लागि खेल्नु आफ्ना लागि खेल जीवनकै सबैभन्दा ठूलो उपलब्धि रहेको बताएका छन् ।

सम्बन्धित खबर