
विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले बजेट अधिवेशन आह्वान गरेका छन्।
प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठका अनुसार प्रदेश प्रमुख खापुङ्गले वैशाख ३१ गतेका लागि बजेट अधिवेशन आह्वान गरेका हुन्।आउँदो सोमबार बिहान ११ बजे प्रदेश सभा हलमा बैठक बस्नेछ।