२०८१ पौष २६, शुक्रवार , ०६:२८:०० बजे

Sajhamanch
'

प्रदेश प्रमुख कार्यालय पुगेर सनाखत गर्न थाले कोशीका सांसदहरू

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । कोशी प्रदेशका सांसदहरू प्रदेश प्रमुख कार्यालय पुगेर सनाखत सुरू गरेका छन्।

मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एमालेका हिक्मत कार्कीका समर्थनमा हस्ताक्षर गरेका ५२ सांसदहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले सनाखत गर्न बोलाएका थिए।

मुख्यमन्त्रीमा दाबी गरेका कार्कीसहित सांसदहरू सनाखत गर्न पुगेका छन्। कार्कीलाई एमाले र माओवादीका सांसदले हस्ताक्षरसहित समर्थन गरेका छन्।कोशीमा बहुमतका लागि ४७ सां‌सद भए पुग्छ।

प्रदेश प्रमुख खापुङ्गले बुधबार राति नयाँ सरकार गठनका लागि दाबी पेस गर्न संविधानको धारा १६८ को उपधारा ५ अनुसार शुक्रबार अपराह्न ५ बजेसम्म समय दिएका थिए।

कार्कीले बिहीबार नै सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। मुख्यमन्त्री केदार कार्की भने प्रदेश प्रमुखको निर्णयविरूद्ध सर्वोच्च अदालत जाने तयारीमा छन्।

सम्बन्धित खबर