२०८१ जेठ ६, आइतवार , ०५:३०:३३ बजे

Sajhamanch
'

झापा गाउँपालिकामा ३ हजार ४२५ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै

बुधवार, वैशाख २६, २०८१

झापा । झापा गाउँपालिकामा वार्षिक ३ हजार ४२५ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाका अनुसार चालू आर्थिक वर्ष २०८०÷०८१ को चौथो त्रैमासिकसम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३ हजार ४२५ पुगेको हो । यो संख्या हरेक वर्ष बढदै गएको जनाइएको छ ।

नेपाल सरकारले प्रदान गर्ने शीर्षकगत ८ वटा क्लस्टरका १ हजार २८२ पुरुष र २ हजार १४३ महिलाले सामाजिक सुरक्षा भत्ता लिने गरेको प्रमुख प्रशासकीय अधिकृत थपलियाले जनाए ।

गाउँपालिकाका ७ वटा वडाबाट पहिचान गरी पठाइएका ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, विधवा, पूर्ण अपांगता, अति अशक्त र अपांगता, दलित बालबालिका र लोपोन्मुख समुदायलाई यस्तो भत्ता वितरण गरिन्छ ।

नेपाल सरकारले तोकेबमोजिमको सामाजिक सुरक्षा भत्ता पालिकाले प्रत्येक ३÷३ महिनामा बैंक मार्फत लाभग्राहीहरुकै खातामा जम्मा गरिदिने गरेको प्रमुख प्रशासकीय अधिकृत थपलियाले जानकारी दिए ।

पालिकाले उपलब्ध गराएको विवरण अनुसार ९१२ पुरुष र ९६२ महिला गरी १ हजार ८७४ जना ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँका दरले ज्येष्ठ नागरिक भत्ता पाउने गरेका छन् ।

त्यस्तै ६० देखि ६८ वर्ष उमेर समूहका ज्येष्ठ दलित ५८ पुरुष र ४५ महिला गरी १०३ जनाले मासिक २ हजार ३६० रुपैयाँ ज्येष्ठ दलित भत्ता प्राप्त गर्ने गरेको विवरणमा जनाइएको छ ।

त्यसैगरी ३२० जना एकल महिला र ५५४ जना विधवा महिलालाई मासिक २ हजार ६६० रुपैयाँका दरले भत्ता उपलब्ध गराउँदै आएको छ । तथ्याङ्क अनुसार १३६ जना पूर्ण अपांगता भएका ७३ पुरुष र ६३ जना महिलाले मासिक ३ हजार ९९० रुपैयाँका दरले अपांगता भत्ता प्राप्त गरिरहेको पालिकाको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित खबर