
विराटनर । कोशी प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई दबाब दिने निर्णय गरेका छन्।
बुधबार विराटनगरमा एमाले र माओवादी केन्द्रका नेताहरूको छलफलपछि एमाले संसदीय दलका नेता हिक्मत कार्की प्रदेश प्रमुख परशुराम खापुङ्गलाई भेट्न प्रदेश प्रमुखको कार्यालय गएका छन्।
कोशीमा मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा रहेको र उनले राजीनामा दिनुपर्ने या विश्वासको मत लिनुपर्ने भन्दै संकल्प प्रस्ताव पेस गरिएको थियो।
तर मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा नदिने र विश्वासको मत पनि नलिने बताएका छन्। उनले जबरजस्ती हटाइए अदालत जाने बताउँदै आएका छन्।