२०८१ पौष २६, शुक्रवार , ०१:०१:४२ बजे

Sajhamanch
'

गाजापट्टीमा तत्काल स्थायी युद्धविराम गर : चिनिया राष्ट्रपति

बुधवार, वैशाख २६, २०८१

चीनका राष्ट्रपति सी जिनपिङले सबै पक्षसँग गाजापट्टीमा तत्काल स्थायी युद्धविरामका लागि काम गर्न आह्वान गरेका छन्।पेरिसमा आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मलेनमा उनले मध्यपूर्वमा स्थायी शान्ति प्राप्त गर्नका लागि संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई पूर्ण सदस्यता दिनसमर्थन गरेको बताए।युक्रेन संकटबारे राष्ट्रपति सीले धेरैपटक चीनले आफ्नो अडान राखिसकेको उनले बताए। ‘चीनले युक्रेन सङ्कट शुरु गरेको होइन, न त यो त्यसको पक्ष वा सहभागी हो’ उनले भने, ‘दर्शक बन्नुको साटो हामीले शान्तिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छौँ।’उनले युक्रेनको संकटलाई तेस्रो मुलुकलाई बदनाम गर्ने वा नयाँ शीत युद्धका लागि प्रयोग गर्ने प्रयासको विरोध गर्ने बताए।एजेन्सी

सम्बन्धित खबर