२०८२ मंसिर २९ सोमवार , ०५:२१:२६ बजे

Sajhamanch
'

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही एकदुई स्थान हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानमा चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

तराईका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
सोमवार, मंसिर २९, २०८२
आजको मौसम
आइतवार, मंसिर २८, २०८२
यस्तो छ आजको मौसम
शुक्रवार, मंसिर २६, २०८२