२०८१ जेठ ६, आइतवार , १०:३४:१७ बजे

Sajhamanch
'

८०० रुपैयाँले बढ्यो सुन

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ । यसअघि सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनअनुसार नेपालमा महासंघले दैनिक मूल्य समायोजन गर्दै आएको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६६० रुपैयाँमा रहेको चाँदी आज १ हजार ६७५ रुपैयाँ कायम भएको छ । वैशाख ९ गते चाँदीको भाउ प्रतितोला १ हजार ७४० रुपैयाँसम्म पुगेको थियो ।

सम्बन्धित खबर