
काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका विद्यालयमा आज बिदा दिइएको छ । महानगरपालिकाको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गरेर आज सार्वजनिक बिदा भएको जानकारी दिएको हो ।
काठमाडौं महानगरबाहेकका अरु पालिकाले भने विद्यालयमा बिदा दिनेबारे जानकारी गराएका छैनन् । पालिकाले जानकारी नगराएपछि काठमाडौं महानगर अन्तर्गत बाहेकका धेरै विद्यालयमा आज पढाइ हुने भएको छ ।
बागमती प्रदेशमा नेपाली भाषाका अतिरिक्त नेपाल भाषा र तामाङ् भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू हुने दिनका रुपमा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । विद्यालयहरु पालिकाअन्तर्गत हुने भएकाले प्रदेशले दिएको बिदा केही ठाउँमा लागू भएको छ भने केहीमा छैन ।