२०८१ फागुन १४, बुधवार , ०३:५७:५१ बजे

Sajhamanch
'

भारतीय वायु सेनाको वाहनमाथि चरमपन्थी हमला, एक सैनिकको मृत्यु

आइतवार, वैशाख २३, २०८१

नयाँ दिल्ली । जम्मु–कश्मीरको पुंछमा भारतीय वायु सेनाको वाहनमाथि भएको चरमपन्थी हमलामा एक सैनिकको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । भारतीय वायु सेनाले माइक्रो ब्लगिङ वेबसाइट एक्समा घटनाबारे जानकारी दिएको हो ।

शनिबार पुंछ जिल्लामा शाहसितार नजिक सेनाको एक वाहनलाई चरमपन्थीहरुले आक्रमण गरेका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार साँझ ६ः १५ बजेतिर सो हमला भएको थियो ।

यसक्रममा पाँच सेना घाइते भए । घाइतेहरूलाई तत्कालै अस्पताल लगिएको भए पनि गम्भीर चचोटका कारण एकको मृत्यु भएको बताइएको छ । अर्का एक सैनिकको हालत पनि गम्भीर रहेको बताइएको छ ।

सम्बन्धित खबर