
अष्ट्रेलिया । अष्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्चको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले दिपक पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अष्ट्रेलियाको क्यानवेरामा भएको अधिवेशनले महासचिवमा प्रतीक पोखरेलसहित ३५ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको छ । विभिन्न राज्यका अधिवेशन सकेर आएका प्रतिनिधिहरुबिचबाट नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको केन्द्रीय अधिवेशन सम्पन्न भएको हो ।