२०८१ जेठ ५, शनिवार , ११:४६:३७ बजे

Sajhamanch
'

आजको मौसम

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा छ ।

विभागले दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।कोसी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।मधेस प्रदेशलगायत कोसी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर