२०८१ जेठ ४, शुक्रवार , ०२:३८:४६ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा आज गुजरात र बेंगलुरु खेल्दै

शनिवार, वैशाख २२, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । बेंगलुरुमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । गुजरात १० खेलमा ८ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । त्यस्तै बेंगलुरु १० खेलमा ६ अङ्कसहित तालिकाको पुछारमा छ ।

सन् २०२२ मा गुजरात आफ्नो पहिलो सिजनमै विजेता र गएको सिजन उपविजेता बनेको थियो । त्यस्तै बेंगलुरु सन् २०१६, २०११ र २००९ मा उपविजेता बनेको थियो । बेंगलुरुले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

उसलाई प्लेअफको सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्स्लाई २४ रनले हराएको थियो ।

सम्बन्धित खबर