२०८१ जेठ ५, शनिवार , ०६:२१:५४ बजे

Sajhamanch
'

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

शनिवार, वैशाख २२, २०८१

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्ममा विस्तार गर्ने भएको छ । अहिले गर्भपतनको सीमा १२ हप्ता रहेकोमा यसलाई बढाएर १८ हप्तासम्म पुर्याउने तयारी थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री सोफी लोहडेले गर्भपतनलाई नियन्त्रित गर्ने नियम परिवर्तन गर्ने र महिलाको निर्णय गर्ने अधिकारलाई बलियो बनाउने समय आएको बताउनुभएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । यसका अतिरिक्त १५ देखि १७ वर्ष उमेरकालाई आफ्ना आमाबुबाको सहमतिबिना नै गर्भपतन गर्न अनुमति दिइनेछ ।

गएको वर्ष नै डेनिस नैतिकता समितिले गर्भपतनको समय सीमालाई १२ हप्ताबाट १८ हप्तासम्म बढाउन सिफारिस गरेको थियो । पश्चिम युरोपमा गर्भपतनलाई अनुमति दिने पछिल्ला देशहरुमा बेलायत र नेदरल्यान्ड्समा २४ हप्ता र आइसल्यान्डमा २२ हप्तासम्म रहेको छ ।

शनिवार, वैशाख २२, २०८१ | विश्व समाचार

सम्बन्धित खबर