२०८१ जेठ ८, मङ्गलवार , ०४:०२:३५ बजे

Sajhamanch
'

सुनको भाउ एकैदिन २७०० रुपैयाँले घट्यो

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज एकैदिन २७०० रुपैयाँले घटेर तोलाको १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ स्थिर रहेर अस्ति सोमवारजस्तै १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ७ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।