
काठमाडौँ । ‘बोक्सीको घर’ गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो । केकी अधिकारीको निर्माण अभिनय रहेको फिल्म सामाजिक सञ्जालमा पाइरेसी भएको भन्दै डिजिटल पार्टनर कम्पनी ओएसआरले कानूनी उपचारमा जाने चेतावनी दिएको छ ।
ओएसआरले एक विज्ञप्ती जारी गर्दै फिल्मका केही अंश पाइरेसी भएको भन्दै कानूनी उपचारमा जाने चेतावनी दिएको हो । पाइरेसीले फिल्मको लगानीमा असर पुग्ने बताएको ओएआरले पाइरेसी गरेमा १० हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने र नोक्सानीको क्षतिपूर्ति भराइदिनुपर्ने कानूनी व्यवस्थाप्रति सचेत समेत गरेको छ ।