
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपालीकी छोरी संगीताको निधन भएको छ ।
पोर्चुगलको राजधानी लिस्बनमा उनको निधन भएको वाईसीएल अध्यक्ष सुवोध श्रीपालीले जानकारी दिए । २ वर्षदेखि क्यान्सरको उपचार गराइरहेकी उनको त्यहाँस्थित स्थानीय अस्पतालमा निधन भएको हो । उनी आन्द्राको क्यान्सरबाट पीडित थिइन् ।