
काठमाडौं । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा देखिएको छ । हिजो दिनभर एमालेले अग्रता लिएको यो ठाउँमा आज बिहानदेखि कांग्रेसले अग्रता लिएको थियो । अहिले फेरि एमालेले झिनो मतले अग्रता लिएको छ ।
पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८ सय ८० मत ल्याउनुभएको छ । भण्डारी ९ मतले मात्रै अगाडि हुनुहुन्छ । अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २६ हजारभन्दा धेरै मतगणना भैसकेको छ ।