२०८१ फागुन १६, शुक्रवार , ०८:४३:०० बजे

Sajhamanch
'

बझाङको मतगणना अन्तिम चरणमा, इलाम- २ मा सुहाङको मत १० हजार कट्यो

सोमवार, वैशाख १७, २०८१

काठमाडौं । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुगेको छ । अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २५ हजारभन्दा धेरै मतगणना भैसकेको छ । त्यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ४ सय ६८ र नेकपा एमालेका दमन बहादुर भण्डारीले ९ हजार ३ सय ४३ मत ल्याउनुभएको छ ।

इलाम–२ मा २४ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालका उम्मेदवार सुहाङ नेम्वाङले १० हजार मत कटाउनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार सुहाङले १० हजार ३ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९ सय ४४ मत ल्याउनुभएको छ । यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ५ हजार ५ सय ९१ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ४ सय ४३ मत आएको छ ।

सम्बन्धित खबर