
काठमाडौं । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले ९ हजार मत कटाएका छन् । अहिलेसम्म २४ हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार १ सय ६७ र नेकपा एमालेका दमन बहादुर भण्डारीले ९ हजार ८४ मत ल्याउनुभएको छ । कांग्रेस उम्मेदवार सिंह एमाले उम्मदेवार भण्डारीभन्दा ८३ मतले अगाडि हुनुहुन्छ ।
त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ५ सय ३५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ३ सय ४७ मत ल्याउनुभएको छ । बझाङमा अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मत खसेको थियो ।
२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याउनुभएको थियो ।