२०८१ जेठ ७, सोमवार , १२:३७:३६ बजे

Sajhamanch
'

इलाम-२ मा सुहाङलाई २ हजार बढी मतको अग्रता

सोमवार, वैशाख १७, २०८१

इलाम।इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। उनले मतान्तरसमेत बढाउँदै लगेका छन्।

पछिल्लो मत परिणामअनुसार नेम्वाङले ७ हजार ६५६ मत प्राप्त गरेका छन्।उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ५ हजार ३९५ मत ल्याएका छन्। डम्बरभन्दा सुहाङ २२६१ मतले अघि छन्।त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ५८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार १ सय ६२ मत ल्याएका छन्।

अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाउँपालिकाका १,२ र ३ नम्बर वडा गनिसकिएको छ।अहिलेसम्म १५ हजार ९६८ मत गनिएको हो। १८९ मत बदर भएको छ।

सम्बन्धित खबर