२०८२ वैशाख २३, मङ्गलवार , १२:०२:१५ बजे

Sajhamanch
'

इलाममा मतगणना सुरू

आइतवार, वैशाख १६, २०८१

विराटनगर । इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको छ। मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ।

आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू भएको हो।इलाम क्षेत्र नम्बर २ मा शनिबार उपनिर्वाचन भएको थियो। एमाले नेता सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो।

शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्।

सम्बन्धित खबर