२०८१ फागुन १६, शुक्रवार , ०८:४२:५७ बजे

Sajhamanch
'

इलाम- २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय

आइतवार, वैशाख १६, २०८१

काठमाडौँ । उपनिर्वाचनअन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले  जानकारी दिए ।

सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित थिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुने भएको हो ।

इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।

सम्बन्धित खबर