२०८१ वैशाख ३०, आइतवार , ०५:४७:३४ बजे

Sajhamanch
'

बिर्तामोडका व्यवसायी अग्रवाललाई आफ्नै संस्थाले गर्यो सम्मान

शनिवार, वैशाख १५, २०८१

बिर्तामोड । झापा विद्युतीय व्यवसायी संघले संस्थाको भवन निर्माणको लागि जग्गादाता बिर्तामोडका अग्रवाल दम्पत्तीलाई आज सम्मान गरेको छ ।

संघद्वारा प्रकाशित क्यालेन्डर विमोचन कार्यक्रमसँगै संघको भवन निर्माणका लागि जग्गा दान गर्ने व्यवसायी दिपचन्द्र अग्रवाल र उनकी धर्मपत्नी अनिता अग्रवालाई सम्मान गरिएको हो ।

दिपचन्द्र झापा विद्युतीय व्यवसायी संघको संस्थापक अध्यक्ष हुन् । उनले संघको भवन निमार्णका लागि बिर्तामोड ४ मा साढे ८ धुर जग्गा दान गरेका छन् ।

लामो समयदेखि इलेक्ट्रिक व्यवसायमा आबद्ध अग्रवालले सामाजिक उत्तरदायित्व वहन गर्दै संघको भवन निमार्णका लागि जग्गा उपलब्ध गराएको बताए ।

अग्रवाल दम्पत्तीलाई बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष राजु न्यौपाने, संघको अध्यक्ष डिल्लीराम बाराकोटी, निवर्तमान अध्यक्ष भक्तिप्रसाद पाठक लगायतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मान गरेका हुन् ।

संघको आफ्नै कार्यालय भवन नहुँदा धेरै नै कठिनाई भइरहेको बताउँदै जग्गा दाताका छोरा तथा संघको कोषाध्यक्ष विवेक अग्रवालले कार्यालय भवनको आवश्यकता महशुस गरेर त्यसका लागि आफ्नो परिवारबाट जग्गा प्रदान गरिएको बताए ।

सम्मानित भए पछि मन्तब्य राख्दै अग्रवालले संघको भवन निर्माण गरिरहँदा छत ढलानका लागि आवश्यक सम्पूर्ण सामग्री पनि निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।

संघको संस्थापक दिपचन्द्र अग्रवालको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष डिल्लीराम बाराकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष अम्बरबहादुर कार्कीले शाब्दिक स्वागत गरेका थिए ।

संघका सचिव रोशन बस्नेतले सञ्चालन गरेको कार्यक्रममा वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, संघको निवर्तमान अध्यक्ष पाठक लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा क्यालेन्डर प्रकाशनमा सहयोग पुर्याउने व्यवसायीलाई पनि सम्मान गरिएको थियो ।

सम्बन्धित खबर