२०८१ वैशाख ३०, आइतवार , ०९:३९:५४ बजे

Sajhamanch
'

शिवसताक्षीमा घिमिरे र किरातीलाई नगद पुरस्कारसहित सम्मान

शनिवार, वैशाख १५, २०८१

झापा । साहित्यकार दिलिप घिमिरेलाई मनाहाङ स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

सतासी सप्ताहिकको ८औ वर्षिक साधारण सभा तथा श्रष्टा सम्मान कार्यक्रममा सञ्चारकर्ममा पनि आवद्ध घिमिरेलाई सम्मान गरिएको हो ।

घिमिरेसँगै साहित्यकार बिराट किरातीलाई रोजिन स्मृति साहित्य पुरस्कार प्रदान गरिएको छ । दुवै जनालाई जनही नगद १० हजार ५०० रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुमित्रा वाङदेल चेली र विशिष्ट अतिथि गीतकार शिव शंकर थापाले दुवै प्रतिभाहरुलाई नगदसहित सम्मान–पत्र प्रदान गरेका हुन् ।

मनाहाङ स्मृति पत्रकारिता पुस्कारका संस्थापक भवनी बिक्रम सेलिङले उनीहरुलाई ढाका टोपी लागाइदिएर थप सम्मान अर्पण गरे ।

सतासी प्रेस कलबका अध्यक्ष सेलिङ केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टंक भण्डारीले शाब्दिक स्वगत गरेका थिए ।

रोजिन स्मृति प्रतिष्ठान, शिवसतासी र सतासी प्रेस क्लब झापाले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमको सञ्चालन विवस बलिभद्र कोइरालाले गरेका थिए ।

सम्बन्धित खबर